November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ठुलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाहीमा

4.5K

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाही गरेको छ।

विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरिएको महाशाखाले जनाएको छ। 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तियाउनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए।

Advertisement

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ।