August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयूक्त बैठक काठमाडौंमा सुरु

290

काठमाडौं । नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयूक्त बैठक काठमाडौंमा सुरु भएको छ । 

बैठक दुई दिनसम्म चल्ने छ । बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गरेका छन् ।

Advertisement

बैठकमा जलवायु परिवर्तनको मुद्दा एवम् जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने छ ।

झन्डै १५ वर्षपछि नेपाल र बंगलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयूक्त बैठक बसेको हो । अघिल्लो बैठक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म भएको थियो ।