काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा छापा मारेको छ । प्रहरीका अनुसार ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार कल सेन्टरबाट ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ । यसअघि प्रहरीले रुपन्देहीको कल सेन्टर र तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा परेको थियो ।
प्रहरीले तिनकुनेस्थित कल सेन्टरबाट १ जना चिनियाँसहित ३६ जना लाई पक्राउ गरेको थियो । ‘सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे सञ्चालन गर्ने’ उद्देश्यसहित दर्ता भएको सो कम्पनीबाट ‘ठगी धन्दा’ हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।