August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

२ महिनादेखि बेपत्ता भएका बालकको कपडा र कंकाल जंगलमा भेटियो

570

बझाङ । झण्डै २ महिनादेखि बेपत्ता भएका बालकको कपडा र कंकाल भेटिएको छ । गत जेठ १४ गतेदेखि बेपत्ता भएका जयपृथ्वी नगरपालिका–१ कैलास गाउँका मदेश शाहीका ९ वर्षीय छोरा धरेन शाहीको अस्थिपञ्जर भेटिएको हो ।

गाईवस्तु चराउन जंगल गएका धरेन मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट बेपत्ता भएका थिए । उनको टाउको र हड्डी जयपृथ्वी नगरपालिकामा पर्ने नौलावन भन्ने ठाउँमा भेटिएको हो ।

बालक बेपत्ता भएपछि स्थानीय र प्रहरीले लामो समय खोजी गर्दा पनि भेटिएका थिएनन् । घाँस काट्न गएका महिलाहहरूले बालकको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको थियो ।

Advertisement

बालकको के कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । हराएको लामो समयपछि अस्थिपञ्जर भेटिएकाले के कारणले मृत्यु भएको हो खुल्न सकेको प्रहरीको भनाइ छ ।

बालकको शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।