November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साहित्यकार तथा परराष्ट्रविद् दुबसु क्षेत्री जापानका लागि राजदूतमा नियुक्त

3.2K

काठमाडौं । साहित्यकार डा दुर्गाबहादुर सुवेदी जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् । परराष्ट्र सेवामा लामो अनुभव बटुलेका उनी नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रीपरिषदको सिफारिसमा सुवेदीलाई राजदूत नियुक्त भएका हुन् ।

साहित्य क्षेत्रमा दुबसु क्षेत्री नामले प्रख्यात उनी कवि, गीतकार, गजलकार, अनुसन्धाता, सम्पादकका रूपमा स्थापित छन् । दर्जनौं कृति प्रकाशित गरेका क्षेत्री नेपाल–जापान लेखक संघका अध्यक्ष पनि हुन् । जापानी भाषा, साहित्य, संस्कृतिसँग परिचित क्षेत्रीले जापान रहँदानेपाली भाषा, साहित्य र संस्कृतिको प्रचारप्रसारमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा नेपाली साहित्यकार र संस्कृतिकर्मीहरूले गरेका छन् ।

Advertisement