August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

वडा सदस्यको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु

330

काठमाडाैं । भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।

मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार सुरज गुरुङको मृत्यु भएको हो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। ३३ वर्षीय सुरजको घर तनहुँको व्यास नगरपालिका–१२ हो।

Advertisement

ठक्कर दिने कार र चालक वडा सदस्य राजकुमार प्रहरीको नियन्त्रणमा छन्। वडा सदस्य राजकुमारले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

पक्राउ परेका राजकुमार यसपालिको स्थानीय निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित भएका हुन्।