August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

नेपाल कृषि मजदुर संगठन सुनसरीमा रमेश भट्टराई

485

विराटनगर । नेपाल ट्रेड युनियन महासंघको घटक संगठन अन्तर्गतको नेपाल कृषि मजदुर संगठनको भेलाले रमेश भट्टराईको अध्यक्षतामा १५ सदस्य रहेको जिल्ला कमिटी सुनसरी गठन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) सुनसरीमा भएको भेलाले गठन गरेको कमिटिको उपाध्यक्षमा सकुन्तला वराइली र गोपाल कठायत, सचिवमा नरेश कठायत, उपसचिव मेनुका पौडेल ,कोषाध्यक्ष गणेश बस्नेत सदस्यहरु रबिन कठायत, टीका राम पौडेल ,रमेश कठायत, राधा सुवेदी ,विशाल राई,दिपेन्द्र बिष्ट,केशव पौडेल र लाल बहादुर रावत रहेका छन भने प्रमुख सल्लाह टेकबहादुर भट्टराईलाई चयन गरको छ ।

कार्यक्रम रमेश भट्टराईको अध्यक्षता नेपाल कृषि मजदुर संगठनको केन्द्रीय अध्यक्ष उत्तर बहादुर खड्काको प्रमुख आतिथ्य र राष्ट्रिय कमिटिको सदस्य तुलसी ढकाल, नेपाल स्वतन्त्र ब्यापार सडक श्रमिक संगठनको केन्द्रीइ सल्लाहकार प्रमुख ज्ञान बहादुर भट्टराई , नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य अम्बिका राई ,नेकपा ( एकीकृत समाजवादी)को केन्द्रीय सदस्य केशव कुमार बिष्ट , सार्बजनिक यातायात महासंघ १ नम्बर प्रदेश महासचिव र स्वतन्त्र सडक ब्यापार संघको केन्द्रीय कमिटीको उपमहासचिव प्रदिप तामाङ जेष्ठ नागरिकबाट हरि प्रसाद आचार्य, इटहरी चार नम्बर कमिटी वडा अध्यक्ष झलक वन लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा स्वागत मन्तव्य नरेश कठायतले गर्नु भएको थियो भने कार्यक्रम संचालक नेपाल कृषि मजदुर संगठनको केन्द्रीय सदस्य बिक्रम मैनालीले गर्नु भएको थियो।