August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

जुम्लामा विद्युत्गृह भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

505

जुम्ला । जुम्लामा विद्युत्गृह भत्किँदा तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका १ स्थित भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृह भत्किँदा चौकीदार गोरखबहादुर रावतका श्रीमतीसहित दुई छोराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार एक्कासी बिजुली बन्द भएपछि विद्युत्गृहमा विद्युत्को अवस्था बुझ्न गएका उनीहरूको पुरिएर मृत्यु भएको होे । गएराति साढे २ बजेतिर विद्युत् गृह भत्किएको प्रहरीचौकी बड्कीले जनाएको छ । मृत्यु हुनेहरूमा ३० वर्षीया विमला रावत र उनका छोराहरू ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेका छन् । उनीहरू तीनै जना आयोजनाको पावर हाउसभित्र सुतिरहेका थिए । 

शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी बड्कीले जनाएको छ ।

Advertisement