August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

व्यवस्थित शहरी विकास संवादमा मन्त्री चौधरी, आजको संवाद भगवती उच्च माविका विद्यार्थीसँग

470

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले व्यवस्थित शहरीकरणबारे निरन्तर संवाद चलाउने भएका छन् । सुन्दर, सफा, हराभरा शहर र स्वस्थ मानव जीवनका लागि व्यवस्थित शहरीकरणबारे निरन्तर संवाद चलाउनु भर्ने आवश्यकता भएको उनले बताए । सोही कारण आफूले सरोकारवालासँग संवाद सुरु गर्न लागेको चौधरीको भनाइ छ ।

सोही क्रममा शहरी विकास मन्त्रालयले शुक्रबार बिहान ११ बजे साँखुस्थित भगवती उच्च माविका विद्यार्थीसँग मन्त्री चौधरीको संवाद आयोजना गरेको छ । भुइँ तहका जनता, विद्यार्थीदेखि समाजको विभिन्न तह र तप्काका मानिससँग निरन्तर छलफल गर्ने, राय लिने आफ्नो योजना रहेको मन्त्री चौधरीले जानकारी दिए ।

प्राप्त सुझावका आधारमा कार्यशैली र कार्य योजनामा सुधार गर्दै अल्पकालीन तथा दीर्घकालीन योजना बनाउँदै सुन्दर शहर निर्माणको लक्ष्य हासिल गर्न सकिने सोच रहेको मन्त्री चौधरीको भनाई छ ।

Advertisement