August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

475

विराटनगर । विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । तीनपैनी चोकमा रहेको उक्त रेष्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको हो ।

आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।

आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए ।

Advertisement