धरान । सुनसरीमा यातायात दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बराह क्षेत्र नगरपालिका–३ भरौलीस्थित सडकमा को.१ च ७७९१ नम्बरको टाटा सुमोको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–५ सिमरबन बस्ने ६० वर्षीय दुखिलाल धामीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।