August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

कुवेतमा नेपाली व्यावसायीद्वारा संचालित हिमालयन रेस्टुरेन्टले खोल्यो आफ्नो दोस्रो शाखा

915

वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समयदेखि रहेर व्यावसायिक क्षेत्रमा प्रवेश गरेका युवाहरूको जमात बढ्दो छ । यसैक्रममा कुवेतमा संचालित हिमालयन हाउस रेस्टुरेन्टले आफ्नो दोस्रो शाखा खोलेको छ ।

व्यावसायिक सम्बन्धि थुप्रै अनुभव बटुलिसकेका अनुभवीहरुको लगानीमा जुलाई ११ २०२२ मा दोश्रो हिमालयन हाउस रेस्टुरेन्टको शुभारम्भ गरेको हो । शुद्ध ,सफा र शान्त वातावरणमा आफ्नो रोजाई अनुसारको विभिन्न नेपाली स्वादिष्ट परिकारहरुको खाना पाईने हिमालयन हाउस रेस्टुरेन्ट कुवेतको व्यस्त शहर फर्वानियास्थित ब्लोक्क ३ स्त्रीट १११ अबस्थित रहेको छ ।

त्यस वरपर बस्ने नेपालीहरुको लागि अत्यन्तै पायक पर्ने ठाउँ साथै अन्य ठाउँबाट आउनलाई यातायातको समेत राम्रो सुविधा रहेको छ ।

Advertisement

नेपाली युवा व्यावसायी प्रेम गुरुङ, राम गुरुङ,र निर गुरुङको सामुहिक लगानिमा संचालित हिमालयन हाउस रेस्टुरेन्टको शुभारम्भ समारोहमा कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भन्डारीले गरेको थियो । साथमा नेपाली दूतावास कुवेत परिवार गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष कुवेतको नेपाली समाजका क्रियाशिल विभिन्न संघ –संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको उपस्थिती रहेको थियो ।