August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

गर्भवती महिलामाथि बलात्कारको आरोपमा एक युवा पक्राउ

370

पर्सा : घरमा कोहि नभएको मौका छोपी गर्भवती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक २० वर्षीय युवकलाई पक्राउ गरी सर्वजनिक गरेको छ।

नातामा आफ्नै काकी पर्ने पाँच महिनाकी गर्भवती २४ वर्षीय महिलालाई करणी गरेको अभियोगमा २० वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

गत बिहिवार बेलुका घरमा कोही नभएको मौका छोपी युवक महिलाको कोठामा प्रवेश गरी सलले मुख थुनेर बलात्कार गरेको निजका श्रीमानले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायक उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए।

Advertisement

उनले रोजगारीका सिलसिलामा भारतमा रहेका श्रीमान घटना बारे जानकारी पाई घर फर्किएको र असार २७ गते प्रहरीमा उजुरी दर्ता गराएपछि सोही दिन अभियुक्तलाई निजको घरबाट पक्राउ गरिएको हो।

पक्राउ गरिएका युवकलाई जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।