August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादी गण्डकीमा मदन केसी

450

पोखर । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को गण्डकी प्रदेश को प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार पोखरामा भएको गण्डकी प्रदेशको प्रथम सम्मेलनबाट मदन केसीको अध्यक्षतामा ४५ सदश्यिय प्रदेश कमिटी गठन भएको छ । समितिका उपाध्यक्षहरुमा दिलमायाँ गुरुङ र शोभाकर दाहाल सचिवमा नारायण तिवारी र कोषाध्यक्षमा काजीराम बस्नेत चयन भएका छन् ।

भेलाले आगामी असोजको ९ गते भित्र प्रदेश का ११ ओटा जिल्ला र ९६ बटा नगर कमिटी गठन गरी सक्ने गरी कार्ययोजना समेत बनाएको र त्यसको कार्यान्वयन गर्ने प्रतिवध्दता अध्यक्ष केसीले जनाएका थिए ।

नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता पोलिटब्युरो सदस्य प्रदेश अध्यक्ष प्रदेश सचिवका साथै केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष प्रदेश कमिटीका सदस्य जिल्ला कमिटी सदस्य जनसँगठन का नेताहरुको उपस्थिति रहेको थियो ।

Advertisement

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) का केन्द्रीय अध्यक्ष धनबाहादुर कार्की केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज देऊप्रसाद छन्त्याल केन्द्रीय उपमहासचिव पदमध्वज कार्की केन्द्रीय सदस्य जीतबहादुर रसाइली रामबहादुर थापा कृष्णबहादुर पुन शोभाकर दाहाल नारायण तिवारी सहित भूपू सैनिक तथा प्रहरीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज देऊ प्रसाद छन्त्यालले गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको जनसंगठनको रुपमा रहेको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले आगामी २ महिनाभित्र देशै भरी सबै जिल्ला र प्रदेश संगठन विस्तार अभियान संचालन गर्ने कार्ययोजना बनाएर अगाडि वढेको अध्यक्ष धनबहादुर कार्कीले बताए ।

संगठनले अहिलेसम्ममा ४ वटा प्रदेश र २३ जिल्लामा आफ्ना संगठनहरु विस्तार गरी सकेको बताइएको छ । शनिवार भएको भेलाले ६ ओटा जिल्लाको सम्मेलन आयोजक कमिटी समेत गठन गरेको अध्यक्ष केसीले बताए ।