काठमाडौँ – आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीमा झरेको छ । आज अधिकतम तापक्रम १८–२० डिग्री पुग्ने संभावना छ ।
अहिले गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसमविद्ले जानकारी दिए ।
आज देशका केहि ठाउँहरुमा आंशिक बदली हुने र भोलिदेखि केहि दिन मौसम सफा रहने मौसमविद् मानन्धरले बताउनुभयो ।
आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ ।