November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सीसीटीभीको तार मुसाले काट्यो भन्ने तर्क गैरजिम्मेवारीको पराकाष्ठा होः अध्यक्ष शाही

2.9K

काठमाडौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा स्वार्थी समूहको प्रभाव र हस्तक्षेप भएको प्रति सरकारलाई प्रश्न गरेका छन् । बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्मा स्वार्थी समूहको प्रभावमा परेर करको दायर हेरफेर गरेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ ।

अर्थमन्त्री शर्मामाथि यस्तो गम्भीर आरोप लागेपछि छानबिन गर्नुपर्ने अध्यक्ष शाहीको धारणा छ । ‘संसदमा सीसीटीभी फुटेज उपलब्ध गराउनुपथ्र्यो, संसदमा यस विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने आवज उठेको छ,’ उनले भने सीसीटीभी फुटेज हरायो, सीसीटीभीको तार मुसाले काट्यो भन्ने तर्क गैरजिम्मेवारीको पराकाष्ठा हो । यसले थप संका जन्माएको छ ।’

सरकारको नीति कार्यक्रममा स्वार्थ समूहको भूमिका र उपस्थिति देखिनु गम्भीर विषय भएको भन्दै शाहीले ‘यो कुनै दल वा समूहको मात्रै होइन, आम जनसरोकारको सवाल भएको बताए ।’

Advertisement

तीन महिनासम्म सीसीटीभी रेकर्ड सुरक्षित गर्नुपर्ने कानुनी प्राबधान हुँदाहुँदै फुटेज हरायो भन्नु गैरजिम्मेवारी भएको शाहीको तर्क छ ।
‘यस्तो देशको आर्थिक, राज्यको पारदर्शिता र आम जनताको सुचनाको सवालमा, बजेट निर्माणको समयको सीसीटीभी फुटेज तथा यो विषयमा आवश्यक छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।