November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

1.8K

दाङ : राप्ती गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। 

राप्ती–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो। शुक्रबार बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो। 

गम्भीर घाइते उनको  उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए। 

Advertisement