सुनसरी । जिल्लाको गढी गाउँपालिका–३ बैशी टोलस्थित सडकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
को.३ प २५४५ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००३ त १७५२ नम्बरको ट्याक्टरले बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय मोहन लाल माझीको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक बर्जु गाउँपालिका–६ बस्ने ५४ वर्षीय शिव नारायण चौधरीको स्थानीय पार्वती मेमोरीयल अस्पताल छिटाहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।