February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

जेठो श्रीमानले कान्छो श्रीमानसँग बस्न नदिएपछि एक महिलाले वागमतीमा हाम फालिन्

1.6K

काठमाडौं । कान्छो श्रीमानसँग बस्न नदिएको भन्दै एक महिलाले बुधबार ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी छन् । आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको भन्दै फाम फालेकी काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझीलाई उनकै श्रीमान जितेन्द्र माझीले बचाएका हुन् ।

वागमतीमा उनी डुबेकी उनलाई उनका श्रीमान जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएका हुन् । श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँग बस्न चाहेको बताइन् । तर, उनका श्रीमान माझीले ५ वटै छोरा आफ्नो भएको दावी गरे ।

उनका श्रीमान जितेन्द्र माझी कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन् । कान्छो श्रीमानसँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन् ।

Advertisement

माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोश्रो विवाह गरेकी हुन् ।