August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

सुनसरीको कोसी कटान क्षेत्रमा विपत् व्यवस्थापन सम्बन्धी पुर्वअभ्यास

425

धरान । सुनसरीको कोसी कटान क्षेत्रमा विपत् व्यवस्थापन सम्बन्धी पुर्वअभ्यास गरिएको छ । मनसुन सुरु भएसँगै बाढी पहिरोमा परेकालाई कसरी उद्धार गर्न सकिन्छ भन्नेबारेमा बुधवार कोसी कटान क्षेत्रमा बिपत व्यवस्थापन सम्बन्धी पुर्वअभ्यास भएको हो ।

पुर्वअभ्यासमा आगलागी भएमा कसरी उद्धार गर्ने ? बाढी र डुबान भए बाढी र डुबान क्षेत्रका प्रभावितहरूलाई कसरी सुरक्षित उद्धार गर्न सकिन्छ भन्नेबारेमा पूर्व अभ्यास गरिएको थियो । यस्तै, सर्पदंशबाट कसरी सुरक्षित हुने ? सर्पदंश भयो भने कसरी उद्धार गर्ने र उपचार गर्ने भन्ने बारेमा पनि जनचेतनामूलक पुर्वअभ्यास गरिएको थियो ।

जिल्ला बिपद् व्यवस्थापन समितिको आयोजनामा भएको सो पुर्वअभ्यासको कोसी गाउँपालिका र भोक्राहानरसिंह गाउँपालिकाले व्यवस्थापन गरेका थिए भने विपद् सम्बन्धी पुर्वअभ्यास नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी सुनसरीले गरेका थिए ।

Advertisement

कार्यक्रममा सुनसरी जिल्लाका १२ वटै पालिकाका प्रमुख उपप्रमुख र जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, कृष्ण दल गण इटहरी, दुर्गा दल गुल्म कोसी टप्पु, जिल्ला प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो ।