August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुँदै

335

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार प्रतिकार्यको अभ्यास गरिने भएकाले अहिले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल संकटकालीन योजनाअनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ । यो अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिने छ । दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि तीव्र बन्ने छन् ।

Advertisement