August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

450

पाँचथर। घाँस काट्ने क्रममा भीरबाट लडेर पाँचथरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका ७ की ५५ वर्षीया टीका शेर्मा रहेकी छन् ।

गाउँकै उत्ताने भीरमा घाँस काट्न गएकी शेर्मालाई लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।

मृतकको शवलाई शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथरमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement