August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

ट्रकको ठक्करबाट घाइते पाँचथरकी सम्झना राईको उपचारको क्रममा मृत्यु

650

काठमाडौं । कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ–५ की ३४ वर्षीया सम्झना राई रहेकी छन् ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । राईको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । राई काठमाडौं काँडाघारी बस्दै आएकी थिइन् ।

Advertisement