August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु

745

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ लिम्बाका ७१ वर्षीय रिंकनाथ आङबुहाङको भीरबाट लडेर मृत्यु भएको छ ।

घरबाट शनिबार बिहान स्थानीय कन्याटार बजार गएका उनी साँझसम्म पनि नर्फेपछि खोजतलास गर्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रविले जनाएको छ ।

आङबुहाङको शव पोष्टमार्टमका लागि आधारभूत अस्पतालमा ल्याइएको साथै घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ

Advertisement