फालेलुङ । पाँचथरको फालेलुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि जिल्लाको फालेलुङ गाउँपालिका –३ नाम्लुवामा चालक सुरेश साँवाको घटना स्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार पञ्चमुखी देखी थोक्लेवुङ तर्फ जाँदै गरेको १–०२–००३ त १८५४ नम्बरको खाली ट्रयाक्टर पञ्चविर लोहारको घरमा ठोकिएर सडक देखि १० फिट तल झरेको थियो ।
चालक साँवाको मृत्यु भएको प्रहरीले जनाएको ।