काठमाडौं । तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला परेको छ । कपिलवस्तुको कृष्णगनर नगरपालिका–९ बहादुरगंजका १९ वर्षीय अर्जुन कहारको शव इनारमा भेटिएको हो।
घरबाट ३ दिनदेखि बेत्तपा रहेका युवकको खोजी गर्नेक्रममा स्थानीयले शुक्रबार राति उनको शव इनारमा तैरिराखेको अवस्थामा देखेका थिए।
आइतबार बिहान प्रहरीले युवकको शव इनारबाट निकालेर पोस्टमर्टमका लागि बहादुरगंज अस्पतालमा लगिएको प्रहरीले बताए ।
शवसँगै खल्तीमा रहेको मोबाइल पर्स समेत बरामद भएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।