April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

पाँचथरमा सवारी दुर्घटना, चालकको मृत्यु एक गम्भीर घाइते

1.9K

-लेखनाथ सिकारु

फेदेन । पाँचथरको हिलिहाङ–७ सल्लेरीमा ट्याक्टर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी– ७ का २६ वर्षीय प्रेम घिसिङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते घिसिङको उपचारका क्रममा मृत्यु भएको पाँचथरका डीएसपी राकेश थापाले जानकारी दिए । दुर्घटनामा परि घिसिङकी श्रीमती कञ्चन मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

बुधबार घिसिङले चलाएको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।