August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

आज पनि काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका गाडी स्थानीयद्वारा रोक

440

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका गाडी आज पनि स्थानीय बासिन्दाले रोकेका छन्। मंगलबार प्रहरीले बल प्रयोग गरेर फोहोर विसर्जन गरेको थियो।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।

स्थानीय बासिन्दासँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन्।

Advertisement