August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

सन् २०२५ सम्म नेपालमा सबै प्रकारका बालश्रम अन्त्य हुन्छ: मन्त्री श्रेष्ठ

455

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सन् २०२५ सम्म नेपालमा सबै प्रकारका बालश्रम अन्त्य हुने बताएका छन् । मंगलबार स्वीट्जरल्याण्डको जेनेभामा भएको ११०औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उक्त प्रतिवद्धता जनाएका हुन् ।

उनले बालश्रम, बाध्यात्मक श्रम, मानव बेचविखन तथा आधुनिक दासत्व पूर्ण रुपमा उन्मुलन गर्ने नेपालको प्रतिवद्धता रहेको बताए । उनले भने, ‘सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको छ ।’

यस्तै, आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले काम गरिरहेको उनले बताए । आप्रवासी कामदारले गन्तव्य तथा सम्बद्ध मुलुकमा मानवअधिकार तथा समानताको सुनिश्चितता हुनुपर्ने उनको भनाइ थियो ।

Advertisement