August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

नेपाली सेनाका तालिमरत शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालय भ्रमण

450

काठमाडौं । नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत ‘सि.सं ६९ सैनिक प्रहरी (महिला मात्र) तालिम’ का ४६ जना शिक्षार्थीहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण मंगलबार सम्पन्न भएको छ ।

भ्रमणको क्रममा शिक्षार्थीहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब समेतको अवलोकन गरेका थिए ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोका प्राविधिक प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले साईबर ब्यूरोको काम कर्तव्य र अधिकार, रणनीतिहरू, अपराधका प्रकृति, सजाय सम्बन्धी परिचयात्मक प्रस्तुतीकरण गरेका थिए ।

Advertisement

प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले भ्रमणबारे जानकारी गराउनुभएको उक्त कार्यक्रममा उपसेनानी पूजा थापाले भ्रमणमा सहभागी तालिमरत शिक्षार्थीहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।