May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका लोप्साङ विजयी

310

मुस्ताङ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देव बहादुर गुरूङले १८५ मत प्राप्त गर्दा ६८९ मत प्राप्त गरी विष्ट विजयी बनेका हुन् ।

उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरूङ विजयी भएकी छिन् । उनले ६४१ मत प्राप्त गरिन् भने नेपाली काँग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी हुन् ।

२०७४ सालको चुनावमा विष्ट स्वतन्त्र उम्मेद्वार भएरै चुनाव जितेका थिए । पछि नेकपा (एमाले) प्रवेश गरेका हुन् ।

Advertisement