सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृत पकाउ परेका छन् । वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई मत दुरूपयोग गरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि नियन्त्रणमा लिईएको हो।
हाल त्यहाँ मतदान स्थगित गरिएको छ। मतदान सुचारू गराउने प्रयास भईरहेको जनाइएको छ ।