दोलखा । स्थानीय तह निर्वाचनका क्रममा दोलखामा दुई पक्षीय झडप हुँदा प्रहरीले गोली चलाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो ।
मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको छ ।