May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय सभा अध्यक्षलाई कारवाही गर्न माग

420

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाहीको माग गरिएको छ ।

अध्यक्ष तिमिल्सनाले मौन अवधिमा एमालेको आन्तरिक बैठक, प्रशिक्षण गर्ने, एमालेको विपक्षमा रहेका नेता कार्यकर्तालाई भौतिक र फोनबाट धम्क्याउने, सरकारी सुविधाको दुरुपयोग गर्ने तथा मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई बोलाएर एमालेको पक्षमा माहोल बनाउन आदेश दिने गरेर पदीय मर्यादाको समेत अपमान गरेको भन्दै पर्वतका राजनीतिक दलहरुले कारवाहीको माग गरेका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन कार्यालय पर्वतमार्फत निर्वाचन आयोगसमक्ष विशेष अध्यक्ष तिमिल्सनालाई स्पष्टिकरण सोध्न र कानुनी कारवाही प्रक्रिया अघि बढाउन अपील गरेका छन् ।

Advertisement