May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

राप्रपा पार्टीका अध्यक्षका उम्मेदवार एमाले प्रवेश

360

सुर्खेत। पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका छन् । चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार एमाले प्रवेश गरेका हुन् ।

उम्मेदवार बिकले एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले एमालेबाट चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै एमालेका समाहित भएको हुन् ।

उनले एक प्रेस विज्ञप्ती जारी गर्दै एमालेको सिद्धान्त, विचारबाट प्रभावित भएर पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।

Advertisement