आर्थिक बर्ष २०२३ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । नेपाली समय अनुशार शनिबार राती पौने १० बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको हो ।
विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।
डिभी २०२३ का लागि गत अक्टोबर ६ मा आवेदन खुलेको थियो । नोभेम्बर ९ सम्म अनलाइनमार्फत आवेदन दिएकाहरुलाई लोटरीमा सहभागी गराइएको छ ।
डिभी परे नपरेको कसरी थाहा पाउने ?
तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ ।
डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला ।