धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ वर्षीय ईन्द्रबहादुर याखा रहेका छन् ।
गएराती कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रित भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो ।
प्रहरी चौकी डाँडाबजारका अनुसार मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो ।