May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

755

न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्युनाले नेपाल लगायत अन्य मुलुकबाट युनाइटेट नेसन अफ परमानेन्ट फोरम फर इन्डिजिनिय इस्सु (UNPFII) को २१औं बैठकमा नेपाल लगायत विभिन्न मुलुकका विभिन्न संघ संस्थाका प्रतिनिधीहरूसँग एक छलफल कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महीसंघ ( NIWF) कि सल्लाहकार तथा आदिवासी जनजाति महिला अभियन्ता यसोकान्ति भट्टचनले आदिवासी जनजाति महिलाहरू विश्वभर आदिवासी महिला भएकोले तिनै किसिमका विभेदबाट प्रताडित रहेको बताइन् । यिनै विभेदको उन्मुलनका लागि संसारभरका आदिवासी जनजाति महिलाहरू एकीकृत हुनुपर्नेमा उनको जोड थियो।

त्यस्तै, संयुक्त राष्ट्रको आदिवासी सम्बन्धि मामिला हेर्ने निकाय युनाइटेड नेशन अफ परमानेन्ट फोरम फर इन्डिजिनियस इस्यु (UNPFII) का उपाध्यक्ष फुलमान चौधरीले अमेरिका जस्तो व्यस्त ठाउमा पनि नेपाल आदिवासी जनजाति महिलाहरू संगठित भएकोमा हर्षित भएको र आफ्नो तर्फबाट सकेको र जानेको सहयोग गर्ने प्रतिबद्धता जनाए।

Advertisement

फ्युनाका संस्थापक तथा वर्तमान उपाध्यक्ष इन्दिरा चोङबाङले संस्था स्थापनादेखि वर्तमान समयसम्मको संस्थाका गतिविधीका बारेमा जानकारी प्रस्तुत गरिन् । उनले आप्रावासी महिलाहरूले भोग्नुपर्ने पीडाहरूलाई सम्बोधन गर्नका लागि विभिन्न संघसंस्थासँग हातेमालो गर्दै अघि बढ्ने पनि बताइन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ( NIWF) कि अध्यक्ष चिनीमाया माझीले पनि फ्युनाको गतिविधिको तारिफ गर्दै अब अमेरिकामा रहेका नेपाली आदिवासी जनजाति महिलाहरू मात्र होइन संसारभरका आदिवासी महिलाहरू एक्यवद्ध भएर अघि बढ्न सुझाव दिइन् । माझीले NIWF ले गर्दै आएको विविध कार्यक्रमहरूको बारेमा पनि जानकारी दिइन् ।

यस्तै, कार्यक्रममा ग्वाटेमालाकी पूर्व मन्त्री तथा आदिवासी महिलाकर्मी ओलिलिया डिकोटीले पनि नेपाल र ग्वाटेमालाका आदिवासी महिलाहरूको संस्कार र संस्कृतिमा धेरै समानता रहेको बताइन् । दशक भन्दा लामो समय महिला अधिकारमा लागेकी उनी UNPFII की प्रथम सदस्य समेत हुन् । समानतालाई आदर्श मान्ने डिकेटीले फ्युनाले प्रदान गरेको दोसल्लालाई आध्यात्मिक उपहारको संज्ञा दिइन् ।

कार्यक्रममा UNPFII का लागि डेलिगेट्स LAHURNIP का संस्थापक तथा अधिवक्ता राजेस राई, NIWF का परियोजना साझेदार संस्था MADRE का प्रतिनिधी इग्डोलिया रोजास, फिलिपिन्सबाट TEBTEBBA कि प्रतिनिधी एलेन डिक्तेन, CPRED नेपालका प्रतिनिधी कमला थापामगर, INWOLAG की प्रतिनिधी ऋतु थापा मगर, NIWF प्रतिनिधी निर्मला भुजेल लगायत फ्युनाका सदस्यहरूबीच छलफल भएको थियो ।