May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिन गृहमन्त्री खाँणको निर्देशन

275

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । मन्त्री खाँणले गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा उक्त निर्देशन दिएका हुन् ।

गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल सहभागि थिए ।

खाणले निर्देशन दिँदै भने, ‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला ।’

Advertisement

निर्वाचन सुरक्षाको क्रममा देखिएका चुनौतीहरू उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरेर सामाना गर्न पनि मन्त्री खाणको निर्देशन छ ।