May 24, 2022, Tuesday
२०७९ जेष्ठ १०
1:37:26 pm

बेलायतमा लोक दोहोरी धमाका साँझ आयोजना हुने

630

लण्डन । बेलायतमा लोक दोहोरी धमाका साँझ आयोजना हुने भएको छ । आगामी मे ८ तारिख आईतबार चार्ल्टन स्थित मेरिडियन स्पोर्ट्स एण्ड सोसल क्लवको सभाहलमा सनराईजको आयोजनामा हुन लागेको लोक दोहोरी धमाका साँझमा नेपालका चर्चित कलाकारहरुको उपस्थिति रहने छ ।

सनराईज ईभेन्टसका निर्देशक एब लन्डन नेपाल न्युजका कोडिनेटर प्रकाश कडेंलका अनुसार कार्यक्रममा समय खर्च नगरी ननस्टप ३ घण्टा दोहोरी धमाका गरिने छ । ।

दोहोरी साँझमा नेपालका चर्चित लोक दोहोरी कलाकारहरु रेशम निर्दोष र अनुपा मगरले लोक तथा दोहोरी गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । पछिल्लो समय लोक दोहोरीमा एकछत्र राज गरेका रेशम र अनुपा मगरले उक्त साँझमा धमाका गर्ने गरि व्यापक तयारी गरिएको छ ।

Advertisement

यस्तै, गायक रेशम निर्दोसका चर्चित गितहरु मुटु कसेर, बन्दुक भरुवा, भीरको खनीयो, नौतुनाको रेल छन् भने गायिका अनुपा मगरका चर्चित गितहरु गाउले पाराको, सुनी माया, जहाजको टिकट , दाना गाउँ ,पुन्य मिल्छ मलाई रहेका छन् ।

कार्यक्रमलाई अझै रमाईलो र मनोरञ्जनात्मक बनाउन चर्चित डिजे हेम विष्टले विभिन्न म्यूजिक बजाएर डिजे प्रस्तुती दिने समेत उनले बताए ।

कार्यक्रममा नाच्न रमाउन मात्र १० पाउण्डको टिकट राखिएको छ । कार्यक्रममा उपस्थितिका लागि सबैसगं अनुरोध समेत गरिएको छ ।