May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

सिनामंगलबाट ५ जना अपहरणकारी पक्राउ

380

काठमाडौं : काठमाडौंको सिनामंगलबाट युवक अपहरण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एकजना पुरुषलाई अपहरण गरेकै अवस्थामा काठमाडौं प्रहरी परिसर, प्रहरीवृत्त र ट्राफिक प्रहरी गौशालाको संयुक्त टोलीले बिहीबार साँझ करिब ५ बजे उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत घुमखरी गाउँपालिका ७ घर भएका भक्तपुर सानोठिमी बस्ने २३ वर्षका निरज केसी, चितवन नारायणघाटका २६ वर्षीय सौजन्यसिंह ठकुरी, भक्तपुर थिमिका २४ वर्षीय आशिष कोजु, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५ का २६ वर्षीय शिवसज्जन वली र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका सुकुटेका २५ वर्षीय सन्तोष न्यौपाने रहेका छन्।

Advertisement

उनीहरूले बा १६ च ४७७३ नम्बरको स्कोरपियो प्रयोग गरी अपहरण गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।

उनका अनुसार अपहरणका कारणबारे अनुसन्धान भइरहेको छ। त्यसका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए।