सप्तरी । जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ मोहनपुर सुकुमबासी टोल बस्ने ५५ वर्षीया कृष्ण माया नेपाली रहेकी छन् ।
उनको सोही गाउँपालिका–१ जन्डोल सिमरा चाप सामुदायिक जंगलमा दाउरा काट्न गएको अवस्थामा जंगली हात्तीको आक्रमणमा परी शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।