November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्‍नता छैन: मन्त्री ढकाल

3.6K

काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन्। 

तर आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीविरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताए।

Advertisement

उनले भने, ‘यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीविरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु।’