May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

चार हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

220

काठमाडौँ । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान–२०२२’ को टोलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।

यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।

“बेश क्याम्प पुगे पश्चात् उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्,” जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

Advertisement

हिमाल सफाइ अभियान २२ गतेसम्म सञ्चालन हुने छ ।