काठमाडौं । पोखरा महानगरको मेयरमा सत्ता गठबन्धनबिरूद्ध काँग्रेस कार्यकर्ता बिमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् । कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
कार्कीले पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन गरेको भन्दै त्यसविरूद्ध उम्मेदवारी दिएको प्रतिक्रिया दिए । उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने पनि बताए ।
पोखरा महानगरको मेयर गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कास्कीका काँग्रेस कार्यकर्ता रुष्ट भएका हुन् ।