May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

मोरङमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

310

पथरी । मोरङमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–२ ईटहरा बस्ने ४२ वर्षीय दिनेश भण्डारी रहेका छन् ।

प्रहरीका अनुसार पथरी शनिश्चरे नगरपालिका–३ आईतवारेस्थित सडकमा को.२ त २८३२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री भण्डारीको शुक्रबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेन्टर मंगलवारे उर्लावारीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement