May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

ब्यारेकमा गोली लागेकी सैनिक जवान कोपिला राजवंशीको मृत्यु

370

काठमाडौं । गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको मृत्यु भएको छ । गत राति गोली लागेको उनको बिहीबार बिहान मृत्यु भएको हो ।

उक्त ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डिउटीमा रहेको बेला राइफल ( एम १६ )आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । उनी गोली लागेर गम्भीर घाइते भएकी थिइन् । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै गम्भीर भए पछि नलगिएको प्रहरीको भनाइ छ ।

Advertisement

सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएको थिइन् ।