May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइँदै

195

त्रिशूली । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो ।

गत शनिवारमध्य रातमा देवीघाटस्थित जालपादेवी मन्दिर पुगेका ८३ वर्षका धामी हरिमानसिंह डंगोल आज बिहान नुवाकोटको धरमपानीमा पुगेर आराम गरिरहेका छन् । जात्राअन्तर्गत जालपादेवी मन्दिरमा पुर्याइएको भैरवीदेवी, अष्टमातृकासहितको रथयात्रालाई स्थानीयवासी, तीर्थालु, जात्रालुले आइतवार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए । भैरवीको रथ लच्याङका ६० डोके, ३२ नोले गुठीयारहरुले देवीघाटस्थित जालपादेवी मन्दिरबाट आइतवार साँझ प्रस्थान गरेर आज बिहानीपख धरमपानीमा पुर्याइएको हो ।

शनिवार राति जालपादेवी मन्दिर पुगेका धामी पनि गएमध्यरातमा लामबगैँचा, बाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहेका छन् । मध्यरातको संकटासन्न समयमा धामी देवीघाटबाट नुवाकोटतर्फ फर्कनुभएको द्वारे शाहीले जानकारी दिए । “उहाँ फर्केको हेरेमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेकाले धामीमध्ये रातको सुनसान समयमा फर्कने चलन छ ।” उनले भने । देवीघाट पुगेका धामीले यस वर्ष विसं २०७९ मा देशमा के हुन्छ भनेर गोप्यरुपमा भविष्यवाणी गरेका छन् । “

Advertisement