May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

जसराज किराँती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई प्रदान गरिने

365

काठमाडौं । जसराज किराँती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई प्रदान गरिने भएको छ । जसराज किराँती प्रतिभा प्रतिष्ठान (नेपाल/बेलायत)ले खोटाङका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

हालै प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा बसेको बैठकले सङ्गीतकार शान्तिराम राईलाई सन् २०२० का लागि र डा. रजनी ढकाललाई सन् २०२१ का लागि जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि जनही ५० हजार र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

खोटाङका वरिष्ठ कवि जसराज किरातीको नामा स्थापित प्रतिष्ठानबाट यसअघि मनु मञ्जिल, श्रवण मुकारुङ, वीरु बाङ्देल (सिक्किम), डा. विन्दु शर्मा पुरस्कृत भइसकेका छन् । पुरस्कार यही महिनाको तेस्रो साता राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रक्ष राईले बताए ।

Advertisement