भक्तपुर । भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घाइते भएका छन् ।
आइतबार राति भैरबनाथको रथ तान्ने क्रममा झैझगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौनो नौ बजेदेखि ढुंगामुढासमेत भएको थियो ।
ढुंगामुढापछि २० जनाभन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँका लगाउनुपर्ने बिरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ ।
भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्ने छ ।